काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा निवासी वर्ष २६ को ललित बहादुर पाईन र वर्ष २४ का कृष्ण लाल पाईन रहेका छन्।
उनीहरूले अमेरिकन डलर साट्ने बहाना बनाई भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा बोलाई नेपाली नगद ९ लाख ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि काक्तिक २८ गते जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया