समाज


निर्मला पन्त प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ

निर्मला पन्त प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १५:३९, काठमाडौँ

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई प्रत्यक्षदर्शी दाबी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्राइम टाइम टेलिभिजन अन्तर्वावार्तामा गलत विवरण सहित दुष्प्रचार गरेको भन्दै गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।

सीआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’ उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सीआइबीमा ल्याएका छौं।’

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad