बागमती


काठमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम

काठमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार ७:५५, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (कात्तिक २८ गते) यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियसमा झरेको पाइएको हो।  

काठमाडौँ उपत्यकाका लागि यो २०८१ वैशाखयता अहिलेसम्मकै कम तापक्रम हो। 

मौसम महाशाखाको विवरण विश्लेषण गर्दा वैशाख १ (अप्रिल ४) मा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो।

त्यसयता हिजो (कात्तिक २७ गते) सम्म उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम १२.२ डिग्री सेल्सियससम्म झरेको थियो।

आज त्यसभन्दा पनि तल १०.६ डिग्री सेल्सियसमा झरेको हो। 

हिउँदयाम (विन्टर) नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढ्दै गएको छ। देशका अन्य स्थानको न्यूनतम तापक्रम विवरण भने मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे मात्र सार्वजनिक गर्नेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै घट्न पनि सक्छ वा यत्ति नै रहन पनि सक्छ।  

मौसमविद्का अनुसार अहिले नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। 

हिजो (कात्तिक २७ गते) भने देशभरको न्यूनतम र अधिकतम तापक्रम विवरण भने यस्तो छ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad