समाज


सेवानिवृत्त एआईजीद्वय जोशी र राणा तथा डीआईजी बास्तोलाको बिदाइ

सेवानिवृत्त एआईजीद्वय जोशी र राणा तथा डीआईजी बास्तोलाको बिदाइ

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १९:२१, काठमाडौँ

प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको बिदाइ गरिएको छ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच सेवा निवृत भएका तीनैजना वरिष्ठ अधिकृतहरूको बिदाइ गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरे। 

संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उनले उल्लेख गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मायाको चिनो प्रदान गरे।  

कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए। सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक राम दत्त जोशी कात्तिक १७ गते तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा कात्तिक १५ गते र विसं २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश रेका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला कात्तिक १० गते सेवानिवृत्त भएका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad