समाज


बलम्बुमा महालक्ष्मी जात्रा (तस्बिरहरू)

बलम्बुमा महालक्ष्मी जात्रा (तस्बिरहरू)

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १२:१२, काठमाडौँ

चन्द्रागिरी नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचिन र महत्त्वपूर्ण जात्रा हो।

यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्। बलम्बुको जात्रालाई ‘लाः तिइ मह’ जात्रा भनिन्छ।

यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट सुरु हुन्छ। छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन्।

पाहुना बोलाएर खुवाउँछन्। उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहिआएको छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad