समाज


राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन, को बने अध्यक्ष?

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन, को बने अध्यक्ष?

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्‌को पुनर्गठित कार्यसमिति


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ६:३४, काठमाडौँ

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन्। परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

नवगठित कार्यसमितिमा सावित्री टण्डन, अर्जुन पाण्डेय, श्रीराम तिमल्सिना, फणीन्द्रप्रसाद पौडेल क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष छन्। 

यसैगरी परिषद्को सदस्यमा शान्ता भट्टराई, अग्नि उपाध्याय, देवराज उपाध्याय, तेजकुमार भट्टराई छन्। पुनःगठित  समितिलाई एक हजार आठ स्वामी डा केशवानन्द गिरी र एक हजार आठ स्वामी निश्शेषानन्दज्यूले रुद्राक्ष माला लगाएर सफल कार्यकालको शुभकामना दिए।  

परिषद्को स्थापना विसं २०६२ मा देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट सुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई पुनःगठित गरिएको हो। 

कार्यक्रममा स्वामी जगन्नाथाचार्य, संस्थापक अध्यक्ष प्रा डा गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकालीसम्मका ३० भन्दाबढी गुरुकुलका प्रतिनिधिको विशेष सहभागितामा भेला आयोजना गरिएको हो।

स्वामी केशवानन्द गिरिले गुरुकुललाई प्रविधिसँग जोडिन आग्रह गर्दै आफ्नो संस्थाले पनि प्रविधिसँग जोडिएर विभिन्न काम गरेको  बताए। श्री एक हजार आठ स्वामी निश्शेषानन्दले शुभकामना मन्तव्य राख्दै गर्दा विद्यार्थी धेरैलाई संस्कृत पढाएको भन्दै तीमध्ये निकै कममात्र संस्कृतका क्षेत्रमा लागेको पाइएकाले सबैलाई दक्ष विद्यार्थी उत्पादन गर्न र संस्कृत क्षेत्रमा निःस्वार्थ काम गर्न प्रेरणा दिनुपर्नेमा उनले जोड दिए।

परिषद्ले शिक्षा मन्त्रालयअन्तर्गत रही देशभर फैलिएका गुरुकुललाई सहयोग गर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad