सर्वोच्च अदालतका लागि प्रस्तावित २ न्यायाधीशका विषयमा आज (शुक्रबार) संसदीय सुनुवाइ हुने भएको छ।
सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो।
बैठक अहिले बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल भवन नम्बर २ कोठा नम्बर ३०१ मा बस्ने संसदीय सुनुवाइ समितिले जानकारी गराएको छ।
यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो।
सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।
प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्।
सर्वोच्चमा सिफारिस निरौला, जो ५० दिन प्रधानन्यायाधीश हुनेछन्
93
Shares

प्रतिक्रिया