समाज


राति यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

राति यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १८:१०, काठमाडौँ

आज (सोमबार) राति खासगरी तीन प्रदेशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको हो। 

यसैगरी कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यतिबेला (सोमबार साँझ ६ बजे) पनि देशका पहाडी भूभागका थोरै र अन्य भूभागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी गराएको छ। 

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad