समाज


इन्टरपोलको रेड नोटिसपछि कम्बोडियाबाट पक्राउ परिन् बिनु, ५ करोड ठगीको अभियोग

इन्टरपोलको रेड नोटिसपछि कम्बोडियाबाट पक्राउ परिन् बिनु, ५ करोड ठगीको अभियोग

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १६:५७, काठमाडौँ

वैदेशिक रोजगारी ठगीलगायत विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ परेकी छन्।

सिन्धुपाल्चोकको मान्खा घर भएकी बिनु शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरिएको नेपाल प्रहरीको मुख्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, उनलाई आइतबार नेपाल फिर्ता ल्याइएको हो। 

उनीमाथि वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको अभियोग छ। यही प्रकरणमा उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्यलाई यसअघि नै कम्बोडियाबाटै झिकाइसकिएको छ।

उनीहरू दुवै जनालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखामा अनुरोध भएपपछि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो। त्यसपछि इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएको थियो।

सुजन र बिनु दुवैजनालाई असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो। सुजनलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो।

बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाही गराउने प्रयोजनका लागि प्रहरी वृत्त, कालिमाटीमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad