समाज


भाइटीकाका दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भाइटीकाका दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १८:४८, काठमाडौँ

तिहारको मुख्य दिन भाइटीकाका दिन आइतबार (कात्तिक १८ गते) पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आइतबार राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

आज (शनिबार) राति भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ। 

मौसमविद्का अनुसार एक/दुई स्थानभन्दा थोरै स्थान अलि बढी तथा थोरै स्थानभन्दा केही स्थान अझ बढी ठाउँ भनेर बुझ्नुपर्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad