समाज


सगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार

सगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार

सांकेतिक तस्बिर


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १६:४, सोलुखुम्बु

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ। सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानी नागरिक ५८ वर्षीय मिट्सुगु सिसिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका सिसिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए। खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए।

पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका सिसिडोको प्रहरी र स्थानीयले उद्धार गरेको डीएसपी घिमिरेले बताए।

उनले भने, ‘उहाँको टाउको, अनुहार, खुट्टामा सामान्य चोट लागेको छ, हामीले उद्धार गरी दिङ्बुचे क्लिनिकमा उपचार गरायौँ, अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ। घाइते पर्यटकको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ।’

दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उहाँ काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

सगरमाथा क्षेत्रमा यस बेलामध्ये पर्यटक सिजन भएकाले फर्कने पर्यटकहरुको चाप धेरै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। चिसो बढ्दै गएकाले भित्रिनेभन्दा बाहिरिने पर्यटकको चाप बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad