उपचारपछि स्वस्थ भएका उनीहरु बिहीबार घर फर्किएको चाइना डेलीले जनाएको छ।
हान तियान्की चिनियाँ खगोलशास्त्री भएको बताइएको छ। कोरोनाका कारण बिरामी परेपछि उनीहरुलाई गत फेब्रुअरी २४ मा वुहानको अस्पतालको आइसीयूमा राखिएको थियो।
यतिबेला दुवैको अवस्था सामान्य भएको पिपुल्स डेलीले जनाएको छ।
चीनमा पछिल्लो समय कोरोनाको प्रभाव घट्दो छ। गएको २४ घण्टामा चीनमा ११ को मृत्यु हुँदा १८ संक्रमित थपिए। यो दर अन्य देशको भन्दा न्युन हो।
— China Daily (@ChinaDaily) March 12, 2020Good news! 98-year-old Han Tianqi, a Chinese anstronomer, and his wife, 85, have recovered from #COVID19 and will soon be discharged from hospital in #Wuhan. The old couple, who both have underlying illnesses, were transferred to an ICU on Feb 24. #coronavirus pic.twitter.com/6nELZbVcnF
कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ।
दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन्।
चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया