समाज


चीनले भन्योः हाम्रो देशमा कोरोनाको प्रभाव समाप्त भयो

चीनले भन्योः हाम्रो देशमा कोरोनाको प्रभाव समाप्त भयो

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ८:१८,

सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जानकारी दिएको हो।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनको प्रभाव समाप्त भएको घोषणा गरेको हो।

केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उद्गमस्थल हुपेइको वुहान शहर पुगेका थिए।

चीनमा कोरोनाले संक्रमित र मृतकको संख्या घट्दै जाँदा सी वुहान पुगेका थिए। उनले वुहानमा पुगेर हुपेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए।

कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ।

दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन्।

तर पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन्।

गएको २४ घण्टामा चीनमा ११ को मृत्यु हुँदा १८ संक्रमित थपिए। यो दर अन्य देशको भन्दा न्युन हो।

कोरोनाबाट प्रभावित प्रमुख राष्ट्रहरु

१. चीनः ८० हजार ७९६ संक्रमित, ३ हजार १६९ को मृत्यु, ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य

३. इरानः ९ हजार संक्रमित, ३५४ को मृत्यु, २ हजार ९५९ उपचारपछि स्वस्थ

४. दक्षिण कोरियाः ७ हजार ८६९ संक्रमित, ६६ को मृत्यु, ३३३ उपचारपछि स्वस्थ

५. फ्रान्सः २ हजार २८१ संक्रमित, ४८ को मृत्यु, १२ उपचारपछि स्वस्थ

६. स्पेनः २ हजार २७७ संक्रमित, ५५ को मृत्यु, १८३ उपचारपछि स्वस्थ

७. जर्मनीः १ हजार ९६६ संक्रमित, ३ को मृत्यु, २५ उपचारपछि स्वस्थ

८. अमेरिकाः १ हजार ३३६ संक्रमित, ३८ को मृत्यु, १५ उपचारपछि स्वस्थ

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad