ताजि सैन्य क्याम्पमा भएको आक्रमणमा अन्य १२ जना घाइते भएको बीबीसीले जनाएको छ।
यस आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन।
अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि गत जनवरीदेखि अमेरिका र इरानबीच तनाब उत्पन्न भएको छ।
इराकमा आफ्ना कमाण्डर मारिएपछि इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो।
उक्त आक्रमणमा परेर सयभन्दा बढी सेनाको मस्तिष्कमा चोट भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया