राजनीति


कोरोनाविरुद्ध भारतले उठायो कठोर कदम, विश्वका सबै देशका नागरिकलाई प्रवेश निषेध

कोरोनाविरुद्ध भारतले उठायो कठोर कदम, विश्वका सबै देशका नागरिकलाई प्रवेश निषेध

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ६:६,

कोरोना भाइरसको महाहारी रोक्न भन्दै छिमेकी मुलुक भारतले विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हाे। 

उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि (शुक्रबार)देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो।

कोरोनाभाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ।

बीबीसी हिन्दीका अनुसार बुधबार भारतका शीर्ष मन्त्रीहरूको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो।

बैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए।

यात्रा निर्देशिका अनुसार भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि हिँडको विदेशीलाई प्रवेश दिने छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad