समाज


मानव अधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि

मानव अधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार ११:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

छैटौँ स्मृति दिवसका अवसरमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। 

तुलाधरको स्मृतिमा शंखधर साख्वा स्मृति पार्क, रत्नपार्क लगायतका स्थानमा विभिन्न कार्यक्रम भएका छन्। कार्यक्रममा सहभागीहरुले तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 

तुलाधर नेपालको शान्ति प्रक्रियाका एक अभियन्ता थिए। लामो समय नेपालको बामपन्थी आन्दोलनमा क्रियाशील तुलाधरको २०७५ सालमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad