कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी बुबाले आफ्नै छोराको हत्या गरेका छन्।
बुधबार बेलुका भीमदत्त नगरपालिकाको उल्टाखामका डम्बर चन्दले आफ्नै १५ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले बताए।
उनका अनुसार फरुवा र कैँची प्रयोग गरी डम्बरले छोराको हत्या गरेका हुन्।
हत्यामा प्रयोग भएका ती सामग्री घरभन्दा केही पर पुरिएको अवस्थामा बरामद गरिएको डीएसपी पौडेलले बताए।
डम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए।

प्रतिक्रिया