समाज


विश्व स्वास्थ्य संगठनकाे घोषणा : कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लियाे

विश्व स्वास्थ्य संगठनकाे घोषणा : कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लियाे

नेपालखबर
फागुन २८, २०७६ बुधबार १६:५७,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभर फैलिइरहेको कोरोना (कोभिड १९) भाइरस संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा परिभाषित गरेको छ।

चीनबाट सुरु भएको सो भाइरस १०० भन्दा बढि मुलुकमा पुगिसकेको, हजारौं मानिसको ज्यान लिएको र विश्वभरका मानिसहरु प्रभावित भएपछि बुधबार राति डब्लुएचओले कोरोनालाई महामारीको रुपमा परिभाषित गरेको हो।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अदनम गेब्रेयेससले गत दुई हप्तामैं चीनबाहिर संक्रमितको संख्या १३ गुणाले बढेपछि यो समस्याले निकै डरलाग्दो रुप लिएको बताए।

कुनै रोग धेरै देशमा एकैचोटी तीव्ररुपमा फैलिएपछि महामारीको चरणमा प्रवेश गरेको मानिन्छ।

उनले सम्बन्धित देशका सरकारहरुलाई यो महामारी रोक्नका लागि जरुरी र आक्रामक कदम चाल्न आग्रह गरेका छन्।

बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट संक्रमित छन।

कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्।

हाल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा कोरोनाको प्रभाव बढ्दै गएको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरु

१. चीनः ८० हजार ७८४ संक्रमित, ३ हजार १५८ को मृत्यु

२. इटलीः १० हजार १४९ संक्रमित, ६३१ को मृत्यु

३. इरानः ८ हजार ४२ संक्रमित, २९१ को मृत्यु

४. दक्षिण कोरियाः ७ हजार ७५५ संक्रमित, ६१ को मृत्यु

५. फ्रान्स १७ सय ८४ संक्रमित, ३३ को मृत्यु

६. स्पेनः १ हजार ६९५ संक्रमित, ३६ को मृत्यु

७. अमेरिका १ हजार १० संक्रमित, ३१ को मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad