समाज


रवि र छविसहित १२ जनाविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

रवि र छविसहित १२ जनाविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १८:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनका व्यवसायिक साझेदार छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ। 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायण बहादुर पहराईको जाहेरीका आधारमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको हो।

अदालतले छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसि र शिव बहादुर गुरुङलाई पक्राउ गर्न अनुमति दिएको हो। 

लामिछानेसहित १२ जनाविरुद्ध गत असोज ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता समेत रहेका पहराईले पुरक जाहेरी दिएका थिए।

सहकारी संस्थाको बचत रकम यी विपक्षीहरु शेयर सदस्य सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा आधिकारीक हस्ताक्षरकर्ताहरु भएको मिसिल संलग्न कागजातबाट देखिएको पक्राउ आदेशमा उल्लेख छ। 

पक्राउ पुर्जी जारी भएसँगै अब रवि लामिछानेलाई पनि सुप्रिम सहकारी ठगीको कसुरमा रुपन्देही लैजाने बाटो खुलेको छ।

यसअघि नै प्रहरीले छविलाल जोशीलाई लगेर बयान लिइसकेको छ। उनलाई इलाका प्हरी कार्यालय बुटवल लगेर बुधबार पोखरा फर्काइएको थियो। 

जिल्ला अदालत कास्कीले उनीहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। कास्कीमा रविको बयान सकिएपछि रुपन्देही लैजाने प्रहरीको तयारी छ। 

यस्तै चितवनको सहारा, वीरगन्जको साना पाइला, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ।

यी सहकारीबाट पनि गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad