समाज


अपहरणको नाटक गरी आफ्नै बुबासँग २१ लाख फिरौती माग

अपहरणको नाटक गरी आफ्नै बुबासँग २१ लाख फिरौती माग

नेपालखबर
फागुन २८, २०७६ बुधबार १२:३७,

गत शुक्रबार १० बजे घरबाट निस्किएका मुकेश महतोले ११ बजे घरमा फोन गरेर भने, ‘म अपहरणमा परेँ पैसा पठाइदिनुस्, नभए मलाई मारेर फालिदिने भए।’ मुकेशले बुबासँग ३० लाख रुपैयाँ फिरौती बुझाउन नसके आफूलाई मारेर फालिदिनेछन् भनेका थिए।

शुक्रबार र शनिबार अपहरणकारीले आफूलाई लहानमा राखेको बताएका मुकेशले आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए।

प्रहरीले भने २४ गतेमात्रै खबर पायो। मुकेशका मामाले आफ्नो भान्जो अपहरणमा परेको भन्दै मोरङ प्रहरीमा खबर गरेका थिए। मुकेशले भने प्रहरीलाई खबर नगर्न र गरे आफूलाई मार्छन भनेका थिए। तर खबर पाएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि चौतर्फी प्रहरी परिचालन गरिसकेको थियो।

मोरङको बुढिगंगा गाउँपालिका ३ बाँसबारीका २४ वर्षीय मुकेशले दिनदिनै बुबालाई फोन गरेर पैसा छिटो बुझाउन नभए आफ्नो लास मात्रै भेट्ने भन्दै अत्याइरहेका थिए।

सोमबार नै उनले भनेको ठाउँमा बुबा नारायण राजवंशीले १८ लाख रुपैयाँ र ३ लाखको चेक राखिदिए। झाडीमा त्यो पैसा राखेर बुबा फर्किएपछि त्यही घरमा काम गर्ने कृष्ण राजवंशीलाई पैसा र चेक लिएर जान भन्दै मुकेशले फोन गरे।

अपहरणमा परेँ भनेका मुकेश महतोलाई प्रहरीले सुनसरीको भण्टाबारीमा फेला पा-यो। सोधखोज गर्दैै जाँदा थाहा भयो मुकेश अपहरणमा परेका होइनन् रहेछन्।

उनकै घरमा मुन्सी काम गर्ने २५ वर्षीय कृष्ण राजबंशीलाई प्रहरीले फिरौती रकमसहित पक्राउ गरिसकेको थियो। उनीसँग सोधखोज गरेपछि मुकेशको कर्तुत पनि खुलेको हो।

मुकेशले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण ९६ लाख तिर्नु परेकोले यो नाटक गर्नु परेको वयान दिएका छन्।

अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको बताएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नावय उपरीक्षक मान बहादुर राईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad