बीपी राजमार्गमा आज (कात्तिक ७ गते) देखि राति पनि सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ८ किलोमिटर बीपी राजमार्ग बगाएपछि अस्थायी ट्र्याक बनाएर गत असोज २९ देखि यात्रुवाहक सवारीसाधनलाई दिनमा मात्र सञ्चालन गर्न दिइएको थियो।
आजदेखि भने राति पनि सवारीसाधन सञ्चालन गर्न दिइएको सडक डिभिजन, भक्तपुरले जानकारी दिएको छ।
सडक डिभिजनले बुधबार जारी गरेको सूचनाअनुसार अबदेखि बीपी राजमार्गमा २४सै घण्टा सवारीसाधन सञ्चालन गर्न पाइने भएको हो।
हेर्नुहोस् सूचना-
327
Shares

प्रतिक्रिया