समाज


विपद् प्रतिकार्य एउटा संस्थाको प्रयासले मात्र सम्भव छैन : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

विपद् प्रतिकार्य एउटा संस्थाको प्रयासले मात्र सम्भव छैन : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १९:१३, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने बताएका छन्।

सरोकारवाला निकायहरुको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफलता प्राप्त हुने महानिरीक्षक अर्यालले बताए।

बुधबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाईवे ट्रमा सेन्टरमा नागढुंङ्गा–मुग्लिङ्ग सडक खण्डमा अवस्थित अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको आधारभूत जीवन सहयोग तथा प्राथमिक ट्रमा उपचार तालिम समापन कार्यक्रममा अर्यालले यस्तो बताएका हुन्।

महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितीलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफुलाई उभ्याउन सफल भएको बताउँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भुकम्प, बाढि पहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौ नागरिकहरुको जीवन रक्षा गरेको समेत उल्लेख गरे।

दुर्घटनापछिको उद्धार तथा हेरचाह अन्तर्गत पाईलट प्रोजेक्टको रुपमा नागढुंङ्गा नौविसे मुग्लिङ्ग सडक खण्डमा हुने दुर्घटनाका घाईतेहरुलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्य अनुरुप नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते सम्झौता भएको थियो।

महानिरीक्षक अर्यालले सोही सम्झौता अनुरुप सशस्त्र प्रहरी कर्मचारीहरुलाई सडक दुर्घटना उद्धार तालिम प्रदान, सवारी साधन निकाल्ने उपकरण प्राप्ती कमाण्ड सेन्टरको स्थापना टेलिमेडिसियन सेवाको सुरुवात, सडक दुर्घटना सचेतना सम्बन्धी होर्डिङ्ग बोर्ड राख्ने तथा पर्चाहरुको वितरण जस्ता कार्यहरु सम्पन्न भईसकेको बताए।

पृथ्वी हाईवे ट्रमा सेन्टरको स्तरोन्नती गरी थप सुविधा सम्पन्न बनाउनको लागि आवश्यक मेडिकल उपकरणहरुको उपलब्धताको लागि पहल गरिसकिएको समेत बताएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

तालिम सम्पन्न गर्ने स्वास्थ्यकर्मीहरुलाई बधाई दिँदै तालिममा प्राप्त ज्ञानले दुर्घटनामा परेका नागरिकहरुलाई समयमा नै स्वास्थ्य सेवा प्रदान गरी जीवन रक्षा गर्ने कार्यमा सफलता मिल्ने विश्वास व्यक्त गरे।

महानिरीक्षक अर्यालले ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरुमा स्वयमसेवकहरु उत्पादन गरी आम नागरिकहरुमा जनचेतना फैलाउने उद्देश्यकासाथ औपचारिक रुपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नै भदौ १६ गतेदेखि स्वय्मसेवक उद्धारक बिपद उद्धार तालिमहरु संचालन गरिएको तथा देशका विभिन्न स्थानहरुमा हालसम्म ५ सय ८८ जना स्वयम्सेवकहरुलाई तालिम दिईसकेको समेत बताए।

सोही अवसरमा महानिरीक्षक अर्यालले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको परिषर भित्र सम्पन्न भएको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन र ट्रमा सेन्टरको अवलोकन समेत गरेको डीएसपी थापाले बताए।

कार्तिक ५ गतेदेखि संचालन भएको तालिममा २६ जना स्वास्थ्यकर्मीहरुको सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad