समाज


औषधीको मूल्य र गुणस्तर अध्ययन गर्न स्वास्थ्य मन्त्री पौडेलले बनाए समिति

औषधीको मूल्य र गुणस्तर अध्ययन गर्न स्वास्थ्य मन्त्री पौडेलले बनाए समिति

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १७:२८, काठमाडौँ

उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । 

मंगलबार मन्त्रीस्तरीय निर्णयबाट अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन भएको हो । 

समितिको सदस्यमा स्वास्थ्यविद् डा अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा र एकजना नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि हुनेछन्। 

यसैगरी, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य-सचिव छन्। 

समितिलाई औषधीको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ। 

समितिलाई छिमेकी देशहरूले अपनाएका औषधी मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने स्वच्छ मूल्य निर्धारणसम्बन्धी आधारहरू पहिचान गरी नीतिगत सुधारसम्बन्धी सुझाव दिन पनि भनिएको छ। 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार समितिले औषधीको मूल्य सम्बन्धित विषयवस्तुबारे अभ्यास पुनरवलोकनसमेत गरेर गुणस्तर पहिचान गरी सुझाव सिफारिस गर्नेछ। 

औषधीको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मुल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिहहरुबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad