समाज


सीतापाइलामा पार्किङमा राखेको कारमा आगलागी

सीतापाइलामा पार्किङमा राखेको कारमा आगलागी

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ११:३७, काठमाडौँ

काठमाडौँको सितापाइलामा पार्किङमा राखेको कारमा आगलागी भएको छ। बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका-१५ सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङमा राखिएको कारमा सोमबार बिहान आगलागी भएको हो। 

कारको ब्याट्रीकाे तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। 

प्रहरी, दमकल र स्थानीयको सहयोगमा कारमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनामा कुनै मानवीय क्षति भने नभएको एसपी अधिकारीले बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad