हाल देशभर पश्चिमी वायुको प्रभाव छ भने स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण यतिबेला (आइतबार बेलुका) पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको मौसम महाशाखाले आइतबा साँझ जनाएको छ।
आज राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया