समाज


सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु

सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १२:४८, काठमाडौँ

काठमाडौँबाट दिक्तल गएको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ। 

ना १ ज ५७४३ नम्बरको सुमोको पछाडीबाट खसेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ८ वर्षीय हेमन्त बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतिक बिष्टले जानकारी दिए।

काठमाडौँबाट लगेका यात्रु दिक्तेलमा झारिसकेपछि चालक सुमो लिएर आफ्नो घर खाल्लेतर्फ जाँदै थिए। 

सोही क्रममा बालक सुमोमा झुण्डिएको तर आफूलाई थाहा नभएको चालकले प्रहरीलाई बताएका छन्। सुमोबाट झरेका बालक सडकमा पछारिएर गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि काठमाडौँतर्फ ल्याउने क्रममा हलेसी नगरपालिकास्थित नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पहताल दिक्तेल लगिएको छ। सुमो चालक गोबिन्द कटवाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानन गरिरहेको पनि डीएसपी बिष्टले बताए। 

चालकले बालक आफूले थाहै नपाई झुण्डिएको भने पनि बालकका आफन्तले भने चालकले नै चढाएको दाबी गर्दै आएका छन्। यस विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad