समाज


तीनकुनेमा दुर्घटना गराएर भागेका चालक कुपण्डोलबाट पक्राउ, घाइतेको मृत्यु

तीनकुनेमा दुर्घटना गराएर भागेका चालक कुपण्डोलबाट पक्राउ, घाइतेको मृत्यु

नेपालखबर
असोज ३०, २०८१ बुधबार १३:२, काठमाडौँ

काठमाडौँको तीनकुनेमा तीन दिन अघि दुर्घटना गराएर फरार भएका चालकलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ। 

मोरङको विराटनगर घर भई हाल ललितपुरको कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई प्रहरीले पक्राउ गरेको हो। 

उनले चलाएको गाडी असोज २६ गते साँझ साढे ६ बजे काठमाडौंको तीनकुने गैरीगाउँ सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका २ घर भई हाल तीनकुने बस्ने ५१ वर्षका विनोद महरा भन्ने राम विनय राम घाइते भएका थिए। विष्टले नै घाइते रामलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा पुर्‍याएका थिए। तर उनी त्यसपछि फरार भएको प्रहरीको भनाइ छ। 

घाइते रामको उपचारको क्रममा असोज २७ गते मृत्यु भएको थियो। घाइतेको मृत्युपछि सीसीटीभी फुटेजको सहयोगमा विष्टलाई पक्राउ गर्न सफल भएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। 

दुर्घटनामा संलग्न सवारीसहित फेला परेका उनीमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अगाडि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad