समाज


पशुपति क्षेत्र विकास कोषले भन्यो- गौशाला धर्मशाला कानुनी प्रक्रिया पूरा गरेरै चलेको छ

पशुपति क्षेत्र विकास कोषले भन्यो- गौशाला धर्मशाला कानुनी प्रक्रिया पूरा गरेरै चलेको छ

नेपालखबर
असोज २९, २०८१ मंगलबार १५:४, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला कानुनी प्रावधान अनुसार नै अघिघ बढिरहेको दाबी गरेको छ। मंगलबार कोषले पत्रकार सम्मेलन आयोजना गर्दै अबका दिनमा पनि कानुनी प्रक्रिया पूरा गरेर मात्रै अघि बढ्ने जानकारी गराएको हो। 

पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।

महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो।

मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेपछि उत्पन्न भएको विवादकाबीच मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे बोलेको हो।

‘पशुपति धर्मशालाकोे सम्बन्धमा पनि कानुन अनुसार नै अगाडी बढिरहेको र आगामी दिनमा पनि कानुनी प्रक्रिया पूरा गरी रितपूर्वक अगाडी बढ्ने व्यहोरा जानकारी गराउँछौं,’ कोषले भनेको छ।

साथै, कोषले भगवानको सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य हुने पनि बताएको छ। 

‘समग्रमा भगवान् श्रीपशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुईमत छैन, हुनु पनि हुँदैन,’ उनले भने, ‘राज्य चलाउन आवश्यक पर्ने राजश्व भन्दा पनि उच्च स्वरुपमा भगवानको शिवस्व, देवस्व र ब्रह्मस्वले यस्तो नियत राख्ने जो कोहीलाई पनि पोल्ने छ भन्ने पनि हामीलाई राम्रोसँग ज्ञान छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad