समाज


दसैँ मान्न घर आएका प्रहरी हबलदारको ट्रकको ठक्करबाट मृत्यु

दसैँ मान्न घर आएका प्रहरी हबलदारको ट्रकको ठक्करबाट मृत्यु

नेपालखबर
असोज २९, २०८१ मंगलबार ६:१, काठमाडौँ

नवलपरासीमा ट्रकले ठक्कर दिँदा प्रहरी हबलदारको मृत्यु भएको छ। 

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका- १५ सुक्रौलीस्थित हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको ना.५ ख २२५५ म्बरको ट्रकले सोही दिशातर्फबाट आउँदै गरेको लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक प्रहरी हबलदार ३९ वर्षीय चुडामणि भट्टराईको मृत्यु भएको छ।

नवलपरासीकै सुनवल- १३ घ्युडल्ला घर भएका भट्टराई इलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत थिए। दसैँ मान्न घर आएको बेला उनी दुर्घटनामा परेका हुन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारको लागि प्रहरीले गाडीमा राखेर जिल्ला अस्पताल परासीमा लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले केहीसमय रामग्राम नगरपालिका १५ सुक्रौलीमा हुलाकी सडक खण्ड अवरुद्ध गरेका थिए। 

दुर्घटनापछि ट्रक चालकलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए। प्रहरी हबलदार भट्टराईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad