चितवनमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाइँ (नन्दको श्रीमान्) लाई प्रहरीले पक्राउ गरेको छ।
माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको आरोपमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो।
रानाभाटले भाउजूको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।
असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो।
घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो।
प्रहरीले घटनामा प्रयोग भएको खुर्पा, मृतकको सुनका गहना दुई ठूला रिङ, पाँच साना रिङ, हत्याको समयमा प्रयोग गरिएका कपडाहरु बरामद गरेको छ।
रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसनधान अघि बढाइएको छ।
Shares

प्रतिक्रिया