प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँ २०८१ को अवसरमा आइतबार प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन्।
प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी कर्मचारीलाई महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए।
उक्त अवसरमा कुँवरकी श्रीमती एवं नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले पनि टीका ग्रहणका लागि उपस्थित सबैलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन्। इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो।
टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्वप्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




Shares

प्रतिक्रिया