समाज


झापामा तीव्र गतिका २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

झापामा तीव्र गतिका २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

नेपालखबर
असोज २७, २०८१ आइतबार १२:२७, काठमाडौँ

झापामा तीब्र गतिका दुई मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कमल गाउँपालिका र मेचीनगर नगरपालिकामा गएराति र आज बिहान भएका सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको हो।

गएराति १२ बजे कमल गाउँपालिका ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

मृत्यु हुनेमा झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ८ घर भएका ३३ वर्षीय अनिल कुमार लिम्बु र सोही ठाउँमा २० वर्षीय सोमराज लिम्बु छन्।

‘दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुद्वयलाई प्रहरीले उपचारको लागि राति नै दमक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्,’  डीएसपी चन्दले नेपालखबरसँग भने।  

दुर्घटनाको खबरपछि प्रहरी चौकी केर्खाबाट गएको प्रहरी टोलीले उनीहरुलाई अस्पताल पुर्याएका थिए। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। 

त्यसैगरी आज बिहान करिब साढे ६ बजे झापाको मेचीनगर नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा रहेको प्रदेश नम्बर १-०१-०१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा  एक पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ बस्ने अन्दाजी ५० वर्षीय बिगेन राजबंसी छन्। उनी साइकल चालक हुन्। 

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर- ६ घर भएका २० वर्षीय अभिशेक लिम्बु र मोटरसाइकलको पछाडी सावार सोही ठाउँका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन्। 

दुर्घटनामा घाइते भएका तीनैजनालाई उपचारको लागि बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा पुर्याइएको थियो। घाइतेमध्ये साइकल चालक राजबंसीको उपचारको क्रममा मृत्यु भएको हो। घाइते दुवै युवकको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad