समाज


पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरले राख्यो आफ्नै बोर्ड

पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरले राख्यो आफ्नै बोर्ड

नेपालखबर
असोज २३, २०८१ बुधबार १५:१९, काठमाडौँ

पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ। मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो। 

उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु भइसकेको छ। महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो। 

पशुपति क्षेत्र विकास कोषले का कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे भनी पत्राचार गरेका थिए।

सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ भएको थियो। 

उनीहरू पुगेपछि मारवाडी सेवा समितका सदस्यहरूले बसेर सल्लाह गर्नुपर्ने र अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका थिए। 

नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad