समाज


रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते

काठमाडौँबाट दसैँका यात्रु लिएर सिन्धुली जाँदै गरेको बसमा सवार थिए ३५ जना
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते

नेपालखबर
असोज २३, २०८१ बुधबार ५:३९, रामेछाप

रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मंगलबार साँझ खाँडादेवी गाँउपालिका–३ भीरपानीमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको हो। 

दुर्घटनामा सिन्धुलीको सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षीया युनिषा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले  जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएकी किशोरीलाई उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। 

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए। 

बसमा ३५ जना सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad