ad ad

समाज


कराेडौं ठगी आरोप लागेका भेटवालले गरे टेकु आएर आत्मसमर्पण

कराेडौं ठगी आरोप लागेका भेटवालले गरे टेकु आएर आत्मसमर्पण

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ४:५२,

करोडौं ठगीको आरोप लागेका जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालले मंगलबार काठमाडौं महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण गरेका छन्।

मंगलबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसर आएर उनले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

‘उनले मंगलबार बिहान महानगरीय प्रहरी परिसर आएर आत्मसर्पण गरेका छन्,’ डीएसपी बोगटीले, नेपालखबरसँग भने, ‘अब उनलाई बैकिङ कसुर मुद्दामा आजै अदालत लगेर म्याद थप गरिनेछ।’

डीएसपी बोगटीका अनुसार भेटवालविरुद्ध अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको उजुरी परेकाे छ। उनीविरुद्ध चन्द्रसिंह धामीले उजुरी गरेका हुन्।

यसबाहेक उनले करोडौं ठगेको प्रहरीकाे आशंका छ। उनीविरुद्द सीआईबीमा समेत ठगीकाे उजुरी परेकाे प्रहरीले जनाएकाे छ। 

भेटवाल प्रहरीको खोजी सूचीमा थिए। 

काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको भ्युटावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए।

आज (मंगलबार) बिहान टेकु आएर उनले महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .