समाज


व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

नेपालखबर
असोज २१, २०८१ सोमबार २१:४, दमौली (तनहुँ)

तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। देशभरका विपत्तिमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले हालै आएको वर्षाबाट प्रभावित नगरपालिकाअन्तर्गत सबै वडाहरुको विवरण संकलन गरी प्रभावित घर, खानेपानी र सडक संरचना पुनःस्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए।

बैठकले नगर क्षेत्रभित्र बढ्दो डेंगीको सङ्क्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परस्पर सद्भाव र सकारात्मक सोचका साथ दसैँ मनाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad