समाज


दक्षिणकाली र सिस्नेरीका बाढीपहिरो प्रभावित १२० परिवारलाई एनआरएनएको राहत

दक्षिणकाली र सिस्नेरीका बाढीपहिरो प्रभावित १२० परिवारलाई एनआरएनएको राहत

नेपालखबर
असोज २०, २०८१ आइतबार १६:८, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली र मकवानपुरको सिस्नेरीमा बाढीपहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ।

बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरूलाई संघका तर्फबाट दक्षिणकालीका ५० परिवार र इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किट लगायतका सामग्रीहरु वितरण गरिएको हो।

स्थानीय तहसँग समन्वयपश्चात् दुवै जिल्लाका अति प्रभावित स्थानमा राहत वितरण गरिएको एनआरएनए अध्यक्ष डा बद्री केसीले जानकारी दिए।

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोगको घोषणा गरेको थियो। जसअनुसार आज पहिलो चरणमा दक्षिणकाली र सिस्नेरीमा राहत वितरण गरिएको हो।

यस्तै भोलि सोमबार काभ्रेको पनौती नगरपालिका र बुधबार ललितपुर ठोस्नेखोलामा  राहत वितरण गर्ने तयारी रहेको एनआरएनए सचिवालयले जनाएको छ।

तराईंका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको अध्यक्ष डा केसीले जानकारी दिए।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा एनआरएनएको गएको राहत वितरण टोलीमा उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद  तिमिल्सिनागायत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad