ad ad

समाज


राति यी पाँच प्रदेशमा वर्षाको सम्भावना बढी

काठमाडौँमा पानी पर्ने सम्भावना ६० प्रतिशत
राति यी पाँच प्रदेशमा वर्षाको सम्भावना बढी

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असोज १७, २०८१ बिहिबार १८:४८, काठमाडौँ

हाल (बिहीबार साँझ) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 

अनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति (शुक्रबार बिहान ६ बजेसम्म) राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यसैबीच बागमती प्रदेशमा पर्ने काठमाडौँ उपत्यकामा पनि आज राति क्षणिक वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

महाशाखाले उपत्यकामा राति पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको जानकारी गराएको छ। 

महाशाखाले काठमाडौँका लागि गरेको वर्षा आकलन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .