ad ad

समाज


राजनीतिक नेताहरूलाई सफाइ दिएको विशेष अदालतको फैसला (पूर्णपाठ)

राजनीतिक नेताहरूलाई सफाइ दिएको विशेष अदालतको फैसला (पूर्णपाठ)

नेपालखबर
असोज १४, २०८१ सोमबार १५:४३, काठमाडौँ

बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले गत फागुन ३ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। 

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सुनाएको सो फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो। 

शेष अदालतले पूर्वउपप्रधानमन्त्री विजय गच्छदार तथा पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई सफाइ दिएको छ।

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर भएका छन्। बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन भूमिका खेलेको अभियोगमा दोषी ठहर भएका हुन्। पन्त भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव हुन्। पछि अन्तरिम चुनावी मन्त्रिपरिषद्मा उनी मन्त्री भएका हुन्।

उनीहरूलाई २ वर्ष कैद, बिगो असुल तथा जरिवाना हुने फैसला भएको छ। 

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासम्म तानिएका थिए।

विशेषले भने केही कर्मचारी र बिचौलियालाई मात्र दोषी ठहर गरेको छ। 

कर्मचारीमध्ये मालमोत, भूमिसुधार, नापी र गुठी संस्थानतर्फका सबैजसो दोषी ठहर भएका छन् भने भवन निर्माणतर्फका कर्मचारीले सफाइ पाएका छन्।

रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मीनबहादुर गुरूङ यस प्रकरणका मुख्य योजनाकार तथा बिचौलियाका रूपमा दोषी ठहर भएका छन्। यिनै तीन जनाका नाममा सबैभन्दा बढी जरिवाना पनि तोकिएको छ।

विशेषले कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको थियो। 

यस्तो छ पूर्णपाठः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .