समाज


फ्रान्सको विज्ञापनमा ‘कोरोना पिज्जा’ भन्दै इटलीको खिल्ली उडाइयो

फ्रान्सको विज्ञापनमा ‘कोरोना पिज्जा’ भन्दै इटलीको खिल्ली उडाइयो

नेपालखबर
फागुन २५, २०७६ आइतबार १३:३२,

आइतबारसम्मको तथ्यांकअनुसार हाल इटालीमा ५ हजार ८८३ जना कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ २ सय ३३ को मृत्यु भइसकेको छ।

इटालीलाई युरोपमा कोरोनाको केन्द्रविन्दु मानिएको छ। अनुसन्धानकर्ताका अनुसार इटालीबाट २६ भन्दा बढी मूलुकमा कोरोना पुगेको छ। युरोपका धेरै देशमा इटालीकै पर्यटकबाट कोरोना संक्रमण भएको पुष्टि पनि भएको छ।

यसबीचमा फ्रान्सको टेलिभिजन ‘क्यानल प्लस’मा एक विज्ञापन प्रसारण भएको छ जहाँ ‘कोरोना पिज्जा’ भन्दै व्यग्यांत्मक रुपमा इटलीको आलोचना गर्न खोजिएको छ।

पिज्जा इटालीको राष्ट्रिय खाना मानिन्छ। कोरोनाभाइरस र्यालजन्य पदार्थबाट चाँडै सर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

फ्रान्सेली टीभीको विज्ञापनमा एक सेफले पिज्जा बनाएको देखाइएको छ। जहाँ ती सेफले पिज्जा बनाइसकेपछि खोकेको देखिन्छ।

(टीभीको विज्ञापन)

खोक्दा उनको मुखबाट हरियो र्याल खसेको जस्तो देखिन्छ। र्याल पिज्जामा खसेको देखाइएको छ। हरियो रङ इटालीको झण्डामा अंकित रङ हो। पिज्जा विश्वभरका मानिसले रुचाएको खाना पनि हो।

विश्लेषकहरुले इटालीको मुख्य खानालाई ‘पिज्जा कोरोना’ भन्दै र्याल खसाएको देखाएर सांकेतिक रुपमा इटालीले नै कोरोनाभाइरस युरोपमा फैल्याएको हो भनेर व्यग्य गरेको प्रस्ट बुझिने बताएका छन्।

उक्त विज्ञापन सार्वजनिक भएसँगै इटालीले फ्रान्सको उक्त विज्ञापन र क्यानल प्लसको चर्को आलोचना गरेको छ।

इटालीका विदेशमन्त्री लियुगी डि मियोले भनेका छन्,‘क्यानल प्लसले विज्ञापनमा रातो टमाटर, सेतो चिज र हरियो र्याल देखाएर हाम्रो झण्डाको व्यंग्य गरेका छन्।’

यो कार्य निन्दनिय र अयोग्य भएको उनको भनाइ छ। विज्ञापनले आफ्नो राष्ट्रिय खानालाई नमिठो र नराम्रो रुपमा चित्रण गरिएको पनि उनको आरोप छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad