ad ad

समाज


दोलखाको भीमेश्वरमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु

दोलखाको भीमेश्वरमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु

सकुशल उद्धार भएको बालक। तस्बिरः भीमेश्वर नगर पालिकाका प्रमुख ईश्वर नारायण मानन्धनर


नेपालखबर
असोज १२, २०८१ शनिबार १७:२२, काठमाडौँ

दोलखामा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित मैदानेमा घरमाथिबाट पहिरो आउँदा एकै परिवारको ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

पहिरोमा परेर रामकुमार भुजेल, उनको श्रीमती राधिका भुजेल र १६ बर्षका छोरा रोशन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।  रोशनलाई पहिरोबाट उद्धार गरी अस्पताल लगिएको क्रममा डाक्टरले मृत घोषणा गरेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले जानकारी दिए। 

उनका अनुसार रामकुमार र राधिकाको भने घटनास्थलमै मृत्यु भएको हो। ‘जेठो छोरालाई प्रहरीहरुले उद्धार गरेर अस्पताल लगेका थिए,’ नगरप्रमुख मानन्धरले नेपालखबरसँग भने, ‘राजकुमार र राधिकाको शरीरको केही भाग देखिएको अवस्थामा थियो। उद्धार गर्दा उनीहरुको मृत्यु भैसकेको रहेछ। उनीहरुको सानो २ बर्षका छोरा भने सकुशल उद्धार गरिएको छ।’ 

नगरप्रमुख मानन्धरका अनुसार शव पोष्टमार्टमका लागि अस्पताल लगिदै छ भने सानो बालकलाई उपचारका लागि अस्पताल पुर्‍याइएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .