गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ललितपुरमा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ।
शनिबार दिउँसो साढे ३ बजेसम्म १८ जनाको मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।
उनका अनुसार, जिल्लाका विभिन्न स्थानबाट १५ जना बेपत्ता भइरहेका छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको उनले बताए।
डुंगालगायतका विभिन्न सामाग्रीसहित लगभग ११ सय प्रहरीको टोली लतिपुरमा खटिएको उनले बताएका छन्।
त्यस्तै, ४ सय ८१ जनाको विभिनन ठाउँबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
291
Shares
प्रतिक्रिया