ad ad

समाज


नारायणगढ-मुग्लिन-नागढुंगा सडकमा सवारीसाधन सञ्चालन गर्न रोक

नारायणगढ-मुग्लिन-नागढुंगा सडकमा सवारीसाधन सञ्चालन गर्न रोक

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८१ शनिबार १४:२४, चितवन

चितवन जिल्ला प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीले जारी गरेको सूचनामा सो सडकमा पहिरोको जोखिम रहेको हुँदा हाललाई सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ। 

सूचनामा भनिएको छ- सवारीधनी एवं यात्रु मानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ।

शुक्रबार काठमाडौँतर्फ लागेका सवारीसाधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमै रोकिनुपर्ने अवस्था आएकाले यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध सूचनामा गरिएको छ। 

यसअघि शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो।

अत्यावश्यक कामबाहेक नदीतटीय क्षेत्रमा नजान र अन्य क्रियाकलाप नगर्न/नगराउन हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .