ad ad

समाज


काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु

बाढी-पहिरो तथा डुबानमा परेका ७२८ जनाको उद्धार
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु

भक्तपुरकाे राधेराधेस्थित सडकमा जमेको पानी पार गर्नेक्रममा एक सवारी साधान। तस्बिरः नारायण न्यौपाने/रासस


नेपालखबर
असोज १२, २०८१ शनिबार १३:२५, काठमाडौँ

बाढी पहिरोमा परेर गएरातिदेखि शनिबार बिहानसम्म काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्। 

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ।
 

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए। 

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .