ad ad

समाज


ठाउँठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक २ फिट भासियो
ठाउँठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८१ शनिबार ८:३०, काठमाडौँ

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो। 

निरन्तरको वर्षासँगै आज बिहान चार बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

पहिरो पन्छाउने काम सुरु गरिएको छ। दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको यादवले बताए। यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। यादवका अनुसार अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। 

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। निरन्तरको वर्षाका कारण सडक भासिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .