न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले विवादका बीच न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो।
उच्च अदालतका मुख्य न्यायाधीशहरूबाट २ जना सिफारिस भएको स्रोतले जनाएको छ।
उच्च अदालतका मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्।
सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गर्ने भनिए पनि विवादका कारण सबै संख्यामा पदपूर्ति हुन सकेन।
‘जसको विवाद थिएन, उनीहरूको मात्र भयो,’ बैठकमा सहभागी स्रोतले भन्यो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्याय परिषद्को बैठक बिहान १० बजेदेखि बसेको थियो।
परिषद्को सचिवालयमा बैठक बसिरहँदा बाहिर नेपाल बार एसोसिएसनले नियुक्ति नगर्न भन्दै धर्ना दिएको थियो।
294
Shares

प्रतिक्रिया