मनसुन सकिनै लाग्दा देशभर वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा पनि लगातार पानी परिरहेको छ। वर्षाका कारण कामकाजीहरूको तालिका प्रभावित भएको छ।
शुक्रबार बिहानैदेखि काममा निस्किने र विद्यार्थीहरू छाता ओढेर गन्तव्यमा पुग्न हतारिएका देखिन्थे। सडक जलाम्य भएका छन्। नदीनालामा पानीको बहाव बढेको छ।
विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १:४४ बजेसम्मको अपडेटअनुसार ललितपुरको लेलेमा धेरै भारी वर्षा (१०० मिलिमिटरभन्दा माथि) भएको छ भने अन्य १० स्थानमा भारी वर्षा (५० मिलिमिटरभन्दा माथि) भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित ३८ जिल्लामा ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान सहित त्यहाँ पनि उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले लगातार वर्षाका कारण देशभरजसो बाढीले क्षति गर्ने जोखिम देखिएकाले सतर्कता अपनाउन भनेको छ।
यतिखेर काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ। हेर्नुस् केही तस्बिरमा वर्षात्का बीच मानिसहरूको चहलपहल:
Shares
प्रतिक्रिया