समाज


७५ हजार धरौटी बुझाएर रिहा भए रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ

७५ हजार धरौटी बुझाएर रिहा भए रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ

नेपालखबर
असोज १०, २०८१ बिहिबार १७:३८, काठमाडौँ

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई बुधबार उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

ढकाल धरौटी रकम बुझाएर बुधबार नै रिहा भइसकेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

गत भदौ २७ गते पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनी पक्राउ परेका थिए। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री बनाउन पार्टीको कोर टिमले तीन करोड रुपैयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको सम्बाद बाहिरिएपछि विवादमा परेका थिए।

उनलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो। 

उनलाई प्रहरीले अन्य थुनुवासँग नमिसाई छुट्टै राखेर अनुसन्धान गरिरहेको थियो।

गत आइतबारदेखि भने उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँगै एउटै कोठामा राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad