अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्वउपकुलपति डा ज्ञानेन्द्र गिरीविरूद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले कुनै संस्थाले प्राध्यापक पदको उपाधि नदिए पनि आफैलाई प्राध्यापक घोषणा गरेका ज्ञानेन्द्र गिरीलाई सफाइ दिएपछि त्यसविरूद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो।
उपकुलपतिजस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी प्राध्यापक पद प्रयोग गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय गर्नुपर्ने अख्तियारको माग छ।
यस्तै डा. ज्ञानेन्द्रमान सिंह कार्कीले प्रोफेसर पदको अनुमोदनको लागि काठमाडौँ विश्वविद्यालयमा सिफारिससम्म गर्न सक्नेमा डा. ज्ञानेन्द्र गिरीलाई प्रोफेसर पदको उपाधि नै दिएकोले मतियारको रूपमा कारबाही हुनुपर्ने अख्तियारको दाबी छ।
विशेष अदालतले भने डा ज्ञानेन्द्र गिरीले नामको अगाडि प्राध्यापक लेखेर कुनै राष्ट्रसेवकको ओहदा, अधिकार, हैसियत वा सुविधाको प्रयोग गरेको भन्दै गत वर्ष फागुन १६ गते सफाइ दिएको थियो।
अख्तियारले यसला फैसलालाई त्रुटिपूर्ण भनेको छ।
विश्वविद्यालयले मात्र दिन सक्ने कुरा ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरी दिएको कुरा कागजातबाटै पुष्टि भइसकेकाले गिरीले प्रयोग गरिरहेको उपाधि अनधिकृत रहेको र विशेष अदालतले प्रमाण मूल्यांकनमा त्रुटि गरेको अख्तियारको दाबी छ।
Shares

प्रतिक्रिया