फुजियान प्रान्तको क्वान्झाउमा शनिबार पाँच तले सिन्जिया होटल भत्किएको थियो। उक्र होटल भत्किँदा अझै २८ जना अझै वेपत्ता रहेको चिनियाँ संचारमाध्यमले जनाएका छन्।
अधिकारीहरुका अनुसार पुरिएका उनीहरुको हाल खोजी कार्य जारी छ।
आपतकालीन व्यवस्थापन मन्त्रालयकाअनुसार सुरुमा होटल भत्कँदा ७१ जना पुरिएका थिए। ४३ जनाको सकुशल उद्धार भएको छ।

सिन्ह्वाका अनुसार उक्त होटलको दोस्रो तला लुनार नयाँ वर्षयतादेखि मर्मत सम्भार गरिँदै थियो। प्रहरीले होटलका मालिकलाई यतिबेला नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
क्वान्झाउमा हालसम्म ४७ जना कोरोनाबाट संक्रमित भेटिएका छन्। फुजियान प्रान्तभर भने हालसम्म २९६ जना कोरोना संक्रमित भेटिएका छन्। हाल त्यहाँ १० हजार ८१९ लाई क्वारेन्टाइनमा राखिएको छ। एजेन्सी

प्रतिक्रिया